दफा २१
अनुज्ञापत्र, अनुमतिपत्र वा अख्तियारी निलम्बन वा रद्द गर्न सकिने
: (१) दफा १८ को उपदफा (३) बमोजिम निरीक्षकले पेश गरेको प्रतिवेदनबाट कुनै उत्पादक, पैठारीकर्ता, आपूर्तिकर्ता तथा बिक्री वितरकले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा दिएको आदेश वा निर्देशन पालन नगरेको देखिएमा समितिको सिफारिशमा मन्त्रालयले त्यस्तो उत्पादक, पैठारीकर्ता, आपूर्तिकर्ता तथा बिक्री वितरकले आफ्नो कारोबार वा व्यवसाय गर्न नेपाल सरकार वा अन्य कुनै निकायबाट पाएको अनुज्ञापत्र, अनुमतिपत्र वा अख्तियारी निलम्बन वा रद्द गर्न सम्बन्धित निकायलाई लेखी पठाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम लेखी आएमा सम्बन्धित निकायले पनि त्यस्तो अनुज्ञापत्र, अनुमतिपत्र वा अख्तियारी निलम्बन वा रद्द गर्ने तर्फ आवश्यक कारबाही चलाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम लेखी आएमा सम्बन्धित निकायले पनि त्यस्तो अनुज्ञापत्र, अनुमतिपत्र वा अख्तियारी निलम्बन वा रद्द गर्ने तर्फ आवश्यक कारबाही चलाउनु पर्नेछ ।